Section 6
नियम, आदेश, अधिकारपत्रको प्रमाणीकरण आदि
(१) देहायका सार्वजनिक लिखतहरु जारी गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेपछि सोको आधारमा मुख्य सचिवले त्यस्तो
लिखत प्रमाणीकरणका लागि दुई प्रतिमा हस्ताक्षर गरी एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखी अर्को प्रति सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछः –
(क) नेपाल सरकारले बनाएको नियम,
(ख) नेपाल सरकारले जारी गरेको आदेश,
(ग) नेपाल सरकारले जारी गरेको अधिकारपत्र,
(घ) प्रचलित कानून बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गर्नु पर्ने निर्णय, जारी गर्नु पर्ने निर्देशिका वा अन्य सार्वजनिक लिखत ।
(२) उपदफा (१) बमोजिम प्राप्त प्रामाणिक प्रति सम्बन्धित मन्त्रालयले सुरक्षित राखी सोको आधारमा कार्यान्वयन गर्नु पर्नेछ ।